गलत सूचनाबाट सचेत रहन ईपीएस कोरिया शाखाको आग्रह

<span class='c1'>गलत सूचनाबाट सचेत रहन</span> <span class='c2'>ईपीएस कोरिया शाखाको आग्रह</span>

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखा नेपालले पछिल्लो समय विभिन्न माध्यमबाट गलत सूचना प्रवाह भइरहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

मंगलबार सूचना जारी गर्दै ईपीएस कोरिया शाखा नेपालको लेटर प्याडमा ‘तत्काल कुनै पनि कामदार कोरिया नभित्र्याउने सम्बन्धी अत्यन्त जरुरी सूचना’ भन्दै गलत सूचना सामाजिक सञ्जालमा भाइरल भएपछि ईपीएस कोरिया शाखाले गलत सूचनाप्रति सचेत रहन आग्रह गरेको हो ।

शाखाको लेटरहेड दुरुपयोग गरी गलत सूचना निकाली अतिरञ्जित गर्ने, भ्रम छर्ने र सरकारी लेटरप्याड कीर्ते लगायत गैरकानुनी काम गरेका व्यक्तिलाई कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोमा समेत लेखी पठाइएको ईपीएस कोरिया शाखाका अधिकृत शोभाकर भण्डारीले जानकारी दिए ।

नक्कली फेसबुक खोल्ने, त्यसमा भ्रामक विषय लेखी जथाभावी पोष्ट गर्ने र सत्यतथ्य नबुझी सेयर गर्ने प्रवृत्तिप्रति समेत कोरिया शाखाले ध्यानाकर्षण गराएको छ । कुनै पनि आधिकारिक सूचनाका लागि ईपीएस कोरियाको वेवसाइट र कोरिया शाखाले राष्ट्रि दैनिकहरुमा प्रकाशित गर्ने आधिकारिक सूचनामा मात्र विश्वास गर्न समेत शाखाले सरोकारवालालाई सचेत गराएको छ ।

दक्षिण कोरियाले सन् २००८ देखि नेपाली श्रमिक ईपीएसमार्फत लैजान थालेको हो। हालसम्म ९० हजार भन्दा बढी नेपाली नागरिक कोरियामा कामका लागि प्रवेश गरिसकेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा मात्रै २२ हजार एक सय ९२ जना कामदार कोरिया पुगेका ईपीएस कोरिया शाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्