गैरहाजिर रहेका प्रहरीलाई सम्पर्कमा आउन आग्रह

<span class='c1'>गैरहाजिर रहेका प्रहरीलाई</span> <span class='c2'>सम्पर्कमा आउन आग्रह</span>

काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालले बिदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।

एकजना हबल्दार, पाँचजना सहायक हबल्दार र १६ जना जवान लामो समयदेखि गैरहाजिर रहेको जनाइएको छ ।

प्रहरी प्रधान कार्यालयले आज एक सूचना प्रकाशित गरी गैरहाजिरी हुनाका कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन आग्रह गरेको हो ।

गैरहाजिरी रहेका एक हबल्दार, पाँच सहायक हबल्दार र १६ जना जवानलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन उक्त सूचनामार्फत प्रहरी प्रधान कार्यालयले निर्देशनसमेत दिएको छ ।

निर्देशन अटेर गरेमा सेवाबाट हटाइने सूचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्