लगातार तेस्रो दिन सेयर बजार नेप्से परिसूचक सामान्य अंकले घट्यो

<span class='c1'>लगातार तेस्रो दिन सेयर बजार</span> <span class='c2'>नेप्से परिसूचक सामान्य अंकले घट्यो</span>

लगातार तेस्रो दिन सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आइतबार करिब ३ प्रतिशतले बढेको नेप्से सोमबार र मंगलबार भने घटेको छ ।

आज नेप्से ८.११ अंकले घटेर २१५६.२० को बिन्दुमा झरेको छ । यसदिन सेन्सिटिभ इन्डेक्स पनि ०.५० प्रतिशतले घटेर ४०९.११ बिन्दु कायम भएको छ ।आज कारोबार रकम पनि घटेको छ । आज म्युचुअल फन्ड, ऋणपत्र र सेयर गरी २६० धितोपत्रको ७३ लाख ९९ हजार ४७४ कित्ता सेयर दुई अर्ब ४३ करोड ३२ लाख ५० हजार ७६९ रुपैयाँमा किनबेच भएको छ ।

अघिल्लो कारोबार दिन मंगलबार २६७ धितोपत्रको दुई अर्ब ९१ करोड सात लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

यसदिन १३ वटा उपसमूहमध्ये तीनवटा उपसमूहको समूहगत सूचक उकालो लागेको छ । १० वटा उपसमूहको समूहगत सूचक ओरालो लागेको छ ।

यसदिन किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ६.९६ प्रतिशतले बढेर प्रतिकित्ता एक हजार २५ रुपैयाँ कायम भएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ६.४९ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्