विराटनगरको ग्रीनल्याण्ड कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण

<span class='c1'>विराटनगरको ग्रीनल्याण्ड कलेजमा भर्ना</span> <span class='c2'>भएका विद्यार्थीलाई अभिमुखीकरण</span>

विराटनगर । विराटनगरको रहेको ग्रीनल्याण्ड कलेजमा यसै बर्ष कक्षा ११ मा भर्ना भएका अभिमुखीकरण विद्यार्थीहरूलाई अभिमुखीकरण दिएको छ ।

कलेजले बिहिबार कार्यक्रम आयोजना गरी कक्षा ११ मा भर्ना भएका ९ सय २४ जना विद्यार्थीहरूलाई अभिमुखीकरण गराएको हो ।

दुई वर्ष मात्र विद्यार्थीहरु आफुहरुसँग रहने भएकोले कलेजको हरेक दिन महत्वपूर्ण हुने गरेको संचालक रविन्द्र घिमिरेले बताए ।

अभिभावकतर्फबाट बोल्ने क्रममा समाजको अग्रपक्तिमा रहेका व्यक्तित्वहरु सुर्य किरण एकेडेमीका प्रिन्सिपल तथा सुनसरी प्यावसनका सह–सचिव मनोज यादव, हाम्रो मत दैनिकका सम्पादक गोकुल पराजुली र शिक्षक नागेश्वर यादवले आफ्नो र आफ्नो नानीको रोजाई ग्रीनल्याण्ड किनभयो भन्ने कुरा प्रष्ट पारे ।

कार्यक्रममा बोल्दै कलेजका संचालक शिवनारायण यादव, कृष्ण यादव र राजीव मिश्राले सुपर ४८ र सिम्याट जस्ता अत्तिरिक्त कक्षाहरुले गर्दा ग्रीनल्याण्ड उचाईमा पुगेको बताए । कार्यक्रम कलेज प्रिन्सिपल दिपक पोखरेलले संचालन गरेका थिए।

विज्ञान, कम्प्युटर साइन्स, म्यानेजमेन्ट तथा होटल म्यानेजमेन्टका संकायमा ९ सय २४ जना विद्यार्थी भर्ना भएको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्