म एक यात्री

<span class='c1'>म एक</span> <span class='c2'>यात्री</span>

-द्वारिका नेउपाने
एक सुनसान बाटो
अनि एक्लो यात्री
एक सुनसान यात्रा
के बिदि जात्रा
कोहि धारे हात तेर्साउछन
कोहि बाङो आखा बिच्छ्याउछन

एक गन्तब्य नापी अभिछिन्न अनवरत
बाटो नाप्दैछ
गन्तब्य पुग्ने चेतनामा
बर्लङग ढाल्न पुग्छ
एक मुक्कामा

म यात्रा छिचोल्ने एक यात्री
घिसारिदै कुना पुग्छु
रगताम्य
मानबता मा दानबता छिरे पछि
बेहोसी मै म कता पुगे

यात्रा अब मेरो रहेन
बाटो कसै को भयेन
दम्भ भो
मानबता हयायो
हिद्ने बाटो भेटिन
मुक्का भेटे

गन्तब्य पहिल्याउने मार्ग
छिटो चाल भो
गल्ती भये नि
दानव व्यवहार भो
को मानव को दानव
भो छुट्टाछुट्टै भो

बाटो आन्धमुस्ठ भो
गन्तब्य नाप्ने दानव
अनि
पुक्का हान्ने मानव भो
मेरो यात्रा गलत भो
खोइ के भो
जे भो गलत भो

म एक सुनसान यात्री
गन्तव्य मेरो यात्रा हो
सजिलो बाटो मेरो पिडा भो
कामबाट फर्किनु मेरो झेला भो
जे भो मेरो गलती भो

सुनौलो बाटो
अनि उज्यालो बाटो
काट्ने मेरो प्रयास बिफल भो
बिफल भो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्