साइकल यात्रुलाई मुक्का हान्ने विराटनगरका भेटवाललाई एक लाख जरिवाना,१० वर्ष कैदको माग

साइकल यात्रुलाई मुक्का हान्ने विराटनगरका भेटवाललाई एक लाख जरिवाना,१० वर्ष कैदको माग

विराटनगर । विराटनगर महानगरपालिका ६ का २७ वर्षीय पवन साहलाई राति कारबाट उत्रिएर मुक्का हान्दै कुटपिट गर्ने विराटनगर ४ का १९ वर्षीय आयुष भेटवाललाई एक लाख जरिवाना र १० वर्ष कैदको माग दाबी लिएर मुद्दा दर्ताको तयारी गरिएको छ ।

पक्राउ परेका भेटवाललाई मोरङ प्रहरीले मोरङ अदालतमा ज्यान मार्ने उद्योगमा म्याद थप गरी अनुसन्धान सुरु गरेको थियो ।

मोरङ प्रहरीले अनुसन्धान सकेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा शुक्रबार अनुसन्धान प्रतिवेदन बुझाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्ने तयारी गरेको बुझिएको छ ।

असार २० गते राती साढे ८ बजे विराटनगर ४ स्थित कोशी राजमार्ग दूध फारम चोकमा बा १५ च ३४४५ नम्बरको कारमा सवार आयुषले साइकल यात्री साहलाई कुटपिट गरेका थिए । भेटवालले मुक्का हान्दै कुटपिट गरेको उक्त भिडियो सामाजिक संजालमा भाइरल भएको थियोे ।

मुक्का हानेपछि बेहोस भएर ढलेका शाहलाई घटनास्थलबाट प्रहरी र स्थानीयको सहयोगमा उपचारको लागि कोशी अस्पताल पु¥याईएको थियो ।
रातको समयमा कोशी राजमार्गमा गाडीबाट ओर्लिएर भेटवालले साइकल यात्रु साहलाई मुक्का हानेका थिए ।

उनको मुक्कापछि साह सडकमा ढलेको देखिन्छ । साह सडकमै ढलेपछि उनै भेट्वालले घिसारेर सडकको किनारमा ल्याएर छोडेका थिए ।

यो पनि पढ्नुहोस्: https://ourbiratnagar.net/2023/07/230036

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्