मोरङको धनपालथानमा भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मोरङको धनपालथानमा भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मोरङको धनपालथान गाउँपालिका–४ मा शनिबार राति भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बीआर ५० डी ८५४६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर राति ९:२० बजेतिर दुर्घटनामा परेको हो ।

अनियन्त्रित बनेको मोटरसाइकल सडक छेउको पिपलको रुखमा ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक धनपालथान–२ का ३५ वर्षीय सीताराम मण्डलको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते भएका मण्डललाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल ल्याइपुर्‍याउनसाथ चिकित्सकले राति १० बजेतिर मृत घोषित गरेका हुन् । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्