भोजपुर । भोजपुरको षडानन्द नगरपालिका-१ स्थित करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
शनिबार चिर्खुवा हाईड्रोमा काम गर्दै आईरहेका कामदार सर्लाही लालबन्दी नगरपालिका- ३ का १७ बर्षीय सुशान्त चौधरीलाई हाईड्रो भित्र काम गर्ने क्रममा लाइन सट भइ अचानक करेन्ट लागेर घाइते भएका थिए।
तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी दिङला लागिएकोमा उनको मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ ।
फोटो:फाइल