झापाबाट लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

झापाबाट लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

झापा । झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरी पक्राउ गरेको छ ।

लागुऔषधको बिक्री बितरण भईरहेको भन्ने बिशेष सूचना प्राप्त भएसंगै आईतबार दिउँसो ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-५ को एक घरबाट कमल गाउँपालिका-४ का ३५ बर्षीय सुमन श्रेष्ठ, गौरादह घर भई दमक नगरपालिका-५ मा बस्ने २७ बर्षीय सरोज सुब्बा र सरोजकै श्रीमती ३२ बर्षीया मिना राईलाई ८ ग्राम लागुऔषध ब्राउनसुगर र ३ थान मोवायल सहित पक्राउ गरेको हो ।

त्यसैगरी झापाकै मेचीनगर नगरपालिका-६ मेची पुल छेउबाट बिर्तामोड नगरपालिका-४ का २० बर्षीय महममताज अलि २ ग्राम लागुऔषध ब्राउनसुगर सहित आईतवार साँझ पक्राउ परेका छन् । भारतीय बजारबाट नेपाल तर्फ आउँदै गरेका अलिलाई चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएसंगै प्रहरी टोलीले पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्