आज प्रतिनिधि सभा बैठक बस्दै : टोपबहादुर रायमाझीको पद निलम्बन गरिने

आज प्रतिनिधि सभा बैठक बस्दै : टोपबहादुर रायमाझीको पद निलम्बन गरिने

काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार दिउँसो १ बजे बोलाइएको छ ।

बैठकमा सभामुखले नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी गराउने कार्यसूची छ । सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम ३ को प्रयोजनका लागि प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने कार्यसूची रहेको बताए ।

यसैगरी, सभामुखले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयवाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्योहोरा पढेर सुनाइने भएको छ ।

साथै, बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सबन्धी प्रस्ताव पेश गर्ने कार्यक्रम छ ।

यस्तै, राष्ट्रिय सभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्