आइटीएफ तेक्वान्दो टोली भारतर्फ

<span class='c1'>आइटीएफ तेक्वान्दो</span> <span class='c2'>टोली भारतर्फ</span>

काठमाडौँ । सातौँ दक्षिण एसियाली आइटीएफ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली आज भारतको हैदराबाद प्रस्थान गरेको छ ।

खेलाडीमा लीलाकुमारी सापकोटा, सुनिल महतो, सञ्चिता श्रेष्ठ, तेन्जिङ दावा तामाङ, सविना तामाङ, मुना राई, रोनिका पराजुली, अनिल खड्का, रोशन घिसिङ, विनिता थापा मगर, निर्मल लामा, साहिल दोङ, डोल्मा गुरुङ र रिक्साङ वाइबा तामाङ लगायत रहेका छन् ।

प्रशिक्षकमा ईश्वर थापामगर, धनराज तामाङ, सपुत मोक्तान र मोतीलाल घिसिङ छन् । प्रतियोगितामा अञ्जन धमला, अन्जु रावत, पुकार केसी, रुपसिंह तामाङ, राजेश बोलाखे, तुलसी थापामगर र दिलमाया गुरुङले अम्पायरको भूमिका निर्वाह गर्ने छन् ।

नेपालबाट ५१ जना महिला तथा पुरुष खेलाडी,२० जना अम्पायर र अफिसियलले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र नेपाल आईटीएफ तेक्वान्दो महासङ्घका सदस्य गोपाल श्रेष्ठले आजै यहाँ आयोजित एक कार्यक्रमबीच बिदाई गर्नुभयो ।

प्रतियोगिता आगामी अगष्ट ४ देखि ६ तारिखसम्म हुनेछ । उक्त प्रतियोगितामा नेपाल,भारत,बंगलादेश,भुटान,श्रीलंका,माल्दिप्सका खेलाडीहरुले सहभागीता जनाउने नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघका अध्यक्ष प्रवीण कुमार कार्कीले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्