सोलुखुम्बुमा आफ्नै नाबालिका छोरीलाई जबरजस्ती करणी बाबुलाई ५२ वर्षभन्दा बढी कैद सजाय

<span class='c1'>सोलुखुम्बुमा आफ्नै नाबालिका छोरीलाई जबरजस्ती करणी</span> <span class='c2'>बाबुलाई ५२ वर्षभन्दा बढी कैद सजाय</span>

आफ्नै नाबालिका छोरीलाई जबरजस्ती करणी बाबुलाई ५२ वर्षभन्दा बढी कैद सजायको फैसला भएको छ । १० वर्षभन्दा कम उमेरकी आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने सोलुदुधकुण्ड नगरपालिकाका -३५ वर्षीय पुरूषलाई सोलुखुम्बु जिल्ला अदालतले ५२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको हो ।

गुरुङ थरका ती युवकलाई ५२ वर्ष ६ महिना कैद सजाय फैसला भएको स्रेस्तेदार नगेन्द्र कुमार कालाखेतीले जानकारी दिए । ती पुरूषविरुद्ध ३ वटा कसुरमा सरकारी वकिलबाट सजायको माग दाबी गरिएको थियो । ३ वटै कसुरमा सजायको फैसला भएको स्रेस्तेदार कालाखेतीले बताए ।

उक्त मुद्दा हाल उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा साधक जायरका लागि पेश भएको सोलुखुम्बु जिल्ला अदालतले जनाएको छ ।

अभियुक्त गुरुङलाई कैद भुक्तानका लागि जिल्ला कारागार सल्लेरी चलान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्