पाथीभरामा पर्यटन सूचना केन्द्र

<span class='c1'>पाथीभरामा पर्यटन</span> <span class='c2'>सूचना केन्द्र</span>

फुङ्लिङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा बहुउद्देश्यीय तथा पर्यटन सूचना केन्द्र भवन निर्माण हुने भएको छ । चालु आर्थिक वर्षका लागि सहरी विकास तथा भवन निर्माण विभागले बजेट विनियोजन गरेसँगै केन्द्र स्थापना हुने भएको हो ।

फुङ्लिङ नगरपालिका–११ तल्लो फेदी पाथीभरा जाने पदर्मागको प्रवेशद्वार भएकाले उक्त स्थानमा सूचना केन्द्र स्थापना गर्दा पर्यटकलाई सहज हुने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो ।

उहाँका अनुसार केन्द्र स्थापनाका लागि विभागमार्फत रू ३५ लाख रकम विनियोजन भएको छ । उहाँले भन्नुभयो, “रू पाँच करोड माग गरेका थियौँ, अहिले बजेट थोरै आए पनि क्रमागत रुपमा आउँछ ।”

पाथीभरा आउने धार्मिक पर्यटकलाई यहाँको महत्वका साथै यात्राका क्रममा आवश्यक पर्ने सामग्रीका बारेमा जानकारी गराउने उद्देश्यले केन्द्र स्थापना गर्न लागिएको समितिले जनाएको छ । केन्द्र स्थापना भएसँगै ताप्लेजुङमा रहेका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलको एकै ठाउँबाट सूचना उपलब्ध हुनेछन् ।

“समुद्र सतहबाट तीन हजार सात सय मिटरमा अवस्थित पाथीभरा प्रसिद्ध धार्मिकस्थल हो”, काफ्लेले भन्नुभयो, “यहाँ दैनिक हजारौँ दर्शनार्थी आउने भएकाले उनीहरुको सहजताका लागि सूचना केन्द्र स्थापनाको पहल थालेका हौँ ।” उहाँका अनुसार समितिमा एकै दिन २० हजारसम्मले पूजापाठ गरेको तथ्याङ्क छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्