आईपीओ निष्काशन गर्दै मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर

<span class='c1'>आईपीओ निष्काशन गर्दै</span> <span class='c2'>मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर</span>

काठमाडौँ । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले साउन २८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि कुल २२ लाख ७६ हजार ६२० कित्ता शेयर निष्काशन गर्न लागेको हो। स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरिएको शेयरमा पूर्ण आवेदन नपरेका कारण बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको थियो भने २ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २ लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो। त्यसैगरी, कम्पनीले ४० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र १ लाख कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा साउन ३१ गते हुनेछ भने ढिलोमा भदौ १० गते हुनेछ।

कम्पनीले प्रबर्धन गरिरहेको ५ मेगावाटको घट्टेखोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३९ करोड ३५ लाख ७५ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २७ करोड ८७ लाख १५ हजार रुपैयाँ रहेको छ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ११.५८ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २७.७८ वर्ष रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति २७ वर्ष १ महिना बाँकी रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्