सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्स ग्लोबल टी-२० क्यानडा २०२३ को फाइनलमा

सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्स ग्लोबल टी-२० क्यानडा २०२३ को फाइनलमा

काठमाडौँ । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्स ग्लोबल टी-२० क्यानडा २०२३ को फाइनलमा प्रवेश गरेको छ। पहिलो क्वालिफायरमा भ्यानकुभेर नाइट्सलाई ३८ रनले हराउँदै सर्रे जागुअर्स फाइनलमा प्रवेश गरेको हो ।

जागुअर्सले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको सर्रेले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । सर्रेका लागि कप्तान इफ्तिखर अहमदले सर्वाधिक ३६ रन बनाए । मोहम्मद हरिस २०, जतिन्दर सिंह १५, लिटन दास १६ र आयन खानले २९ रनको योगदान दिए ।

नाइट्सका जुनैद सिद्दिकले ४ विकेट लिए । जितको लागि १ सय ४० रनको विजयी लक्ष्य पछ्याएको नाइट्स १६ दशमलव ४ ओभरमा १ सय १ रनमा अल आउट भयो । नाइट्सका लागि फबिएन एलेनले सर्वाधिक २७ रन बनाए ।

सर्रेका लागि म्याथ्यु फोर्डले १६ रन खर्चेर ४ विकेट लिए । सन्दीपले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।

यस्तै दोस्रो क्वालिफायरमा दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्स विजयी भएको छ । टाइगर्सले ब्राम्पटन वल्भ्सलाई ९ विकेटले पराजित गर्‍यो । टाइगर्स र नाइट्सबीच आज राति दोस्रो क्वालिफायर हुनेछ । दोस्रो क्वालिफायरको विजेता टोलीले आइतबार सर्रेसँग फाइनल खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्