ग्लोबल टी–२० क्यानडा : दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्स बिजयी

ग्लोबल टी–२० क्यानडा : दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्स बिजयी

ग्लोबल टी–२० क्यानडाको पहिलो एलिमिनेटर खेलमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले ब्राम्पटन वल्भ्सलाई पराजित गरेको छ।

ऐरीको उत्कृष्ट फिल्डिङमा वल्भ्सलाई ९ विकेटले हराउँदै टाइगर्स दोस्रो क्वालिफायरमा पुगेको हो। जितका लागि पाएको १०५ रनको लक्ष्य टाइगर्सले १४.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो टाइगर्सको जितमा कप्तान क्रिस लिन ६३ रनमा अविजित रहे।

उनले ४७ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। मोहम्मद वासिमले २३ रन बनाए। श्रीमन्था विजयरत्नेले अविजित १५ रन बताए। त्यसअघि टस हारेर पहिले ब्याटङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा १०४ रन बनाएको थियो। उसका आरोन जोनसनले सर्वाधिक ३१ रन बनाए।

दीपेन्द्रले १ ओभरमा ६ रन खर्चेर १ विकेट लिए। दीपेन्द्रले न्युजिल्यान्डका स्टार ब्याटर मार्क च्यापम्यानलाई ११ रनमा बोल्ड आउट गरेका थिए। उनले फिल्डिङमा दुई रनआउट र एक क्याच लिएपछि जित सहज बनेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्