गजल

गजल

-किस्मत खतिवडा
हर समय सम्झन्छु हरबार सम्झन्छु
धितो राखेको घर जमिन्दार सम्झन्छु

जागिर खान पढाइ, पावर नभएपछि
खाडी मुलुक साउदी कतार सम्झन्छु

आखै वरिपरि छन् अझै ति तस्बिरहरु
कहालीलाग्दो दिनको चित्कार सम्झन्छु

कसलाई रहर होला र मलाई झैँ पर्देशिन
विरक्तिन्छु देशको हालत,भ्रष्टचार सम्झन्छु

सबै बिर्सेर निदाउन खोज्छु सधैँको लागि
बाआमाको माया प्यारीको मुहार सम्झिन्छु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्