मेरा बा

मेरा बा

-बसुन्धरा चौहान
मेरा बा गरीब
झुत्रे झाम्रे कपडाका तर
तर मनका असाध्यै धनी हुनुहुन्थ्यो

सबैले झुत्रे बा भन्थे
फोहोरी डङ्डङ्ग
पसिना गनायो भन्थे
मलाई अख्तरको सुगन्ध भन्दा
बाको पसिनाको गन्ध मन पर्थियो

फोहोरी थिएनन
मेरा बा
कसैसग बेइमान गरेका थिएनन
ईमानमा चुक्दैन थे
मेरा बा।

चाडबाड आयोकि मेरा बाको
पैसाको कारण
टाउको दुख्थ्यो
बिस्तारै आफै मालिस गर्थे
चाडबाडमा गाउँको महाजनसँग
ऋण माग्न जानुहुन्थ्यो तर
निराश भएर फर्कनुहुन्थ्यो!
जानू बाध्यता थियो
मेरा बाको
तर पनि
जान्थे अनि निरास हुदै
खाली हात फर्कन्थे
बिचरा मेरा बा
हाम्रो लागि हरेक पटक झुक्थे
बाको त्यो झुकाइ भित्र
आत्मग्लानी त छदै थियो
अनि बाध्यता पनि!
ऐले सम्झन्छु
कठै मेरा बा

आङका कपड़ा कैले फेरेनन बा ले
टाल्दा टाल्दा टाल्ने ठाउ सकिएको थियो
र पनी हार मान्दैनथे मेरा बा

एक दिन बा हराए
हामी सानै थियौ
कहा गए गए
कयौ महिना हराए बा
एकदिन
चाडको मुखैमा पल्लाघरे काकालाइ
पैसा पठाए
पर्देश गएको बल्ल थाहा भयो
साथमा एक चिट्ठी पनि थियो
छोराछोरीलाई
राम्रा कपडा किनिदिनु प्यारी लेखेको
मीठो मसिनो बनाएर खुवाउनु
छोरा छोरी रोलान
रुवाउनु हुन्न
जे जे माग्छ्न किनिदिनु
म महिनै पिच्छे पैसा पठाउनेछु
मेरा आखा रसाएको
मैले पहिलो पटक
त्यही दिन जानेकि थिए

स्कुल पढ्ने हैसियत नभएका हामी
बोर्डिङ पढ्ने भैयो
बा बेचिएका थिए
हाम्रा सपना किन्न
खुसी किन्न
बन्धक भएका थिए
परदेशमा
मेरा बा चाडबाडमा
कैले फर्कियेनन
बर्सौ बा का
पार्सल हेर्दै रमाउदै चाड मनाउथ्यौ हामी

जब काम गर्न सकेनन
अनि
एक दिन बा फर्किए
क्यान्सर उपहार लिएर
बाको दुखले हामी खुशी भएको
बल्ल थाहा भो
एकदिन बा हिड्दा हिड्दै ढले
बा थला परे
न भोकै न निन्द्रा भो
उपचार कहिं भएन
धेरै प्रयास गर्यौ
हामी चुपचाप हुन बाध्य भयौ
धेरै गलेका मेरा बाको शरीर आराम चाहन्थ्यो
मेरा बा चितामा पुगे
मेरा बा जिउदो हुदा गरिबिले घोच्यो
चितामा वाँसले
बा बोलेनन बोल्दै बोलेनन
ए या सम्म भनेनन

संकार सिकाएका
हात पकाडेर हिड्न सिकाएका
मेरा बा लाई
मैले आफ्नै हातले आगो सल्काएकी थिए
कति प्यारि थिए बाका लागि म
तर
म रुदा नरो सम्म भनेनन् वा ले
निर्दयी भए मेरा बा

परदेश हुदा चिट्ठी
पैसा खाने कुरा
पठाउने बा
सधै फर्किएर आउलान झै लाग्थ्यो
आउलान भन्दै बाटो दिनहु हेरे
कैले आएनन न चिट्ठी आयो
न खबर
बा रिसाएका रहेछ म सग
तेसैले त आज सम्म वा फर्किएर आएनन
आज बुझे मेरा बा कहिल्यै आउदैनन
कुनै चाडमा आउनेछैनन
फेरि छोरी भनेर बोलाउने छैन्नन

म बाको बेड सुम्सुम्याएर बस्छु
घच घच्याउछु अहँ बा सुन्दैनन
म आफै के भए मलाई थाहा छैन
बा लाइ दागबत्ती दिएका यि हातले
बा लाइ खोज्नु मेरो मुर्खता थियो
म भकान्नीए कराए
बा ए... बा!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्