-अच्युत आचार्य
सम्हाल्छौ कसरी छोटो यो जीवन
अडिनै नमान्ने चञ्चल छ यो मन ।।
रूप रङ मिलेको छ यो शरीर
सुन्दर पवित्र अति नै छ कञ्चन ।।
जति खोज्छौ राख्न मनलाई बाँधी
जति बाँध्न खोज्छौ उति भाग्छ झन् झन् ।।
सकेनौं बुझ्न भने यो जीवनलाई
घुमाउँछ यसले तिमीलाई फन् फन् ।।
सोच बेलैमा गम्भीर भएर
बनाउने कसरी सार्थक यो जीवन ।।