विदेशमा रहेका मतदाताको नामावली सङ्कलनको तयारी

<span class='c1'>विदेशमा रहेका मतदाताको</span> <span class='c2'>नामावली सङ्कलनको तयारी</span>

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन गर्न आन्तरिक तयारी सुरु गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संसदीय समितिमा साउन १ गतेबाटै नामावली सङ्कलन हुने बताउनु भए पनि आन्तरिक तयारी बल्ल सुरु गरिएको छ।

आयोगको मतदाता नामावली तथा निर्वाचन सञ्चालन शाखाका अनुसार कानुनी, आर्थिक तथा जनशक्ति व्यवस्थापन तयारी नपुग्दा विदेशमा रहेका नेपाली नागरिकको नामावली सङ्कलनमा समय लाग्ने छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, “कार्यविधि बन्दै छ। परराष्ट्र मन्त्रालयबाट जनशक्ति र अर्थ मन्त्रालयबाट बजेट व्यवस्थापनसम्बन्धी छलफल भएपछि मात्रै नामावली सङ्कलनको रूपरेखा तयार हुनेछ।”

नामावली सङ्कलन शाखाका अनुसार कार्यविधिले नाम दर्ता अधिकारीलगायतका कर्मचारीको व्यवस्थापन, नामावली सङ्कलन गर्ने स्थल, नामावली स्वीकृतिको प्रक्रियालगायतका विषय टुङ्गो लगाउनेछ। आयोगले सम्बन्धित राष्ट्रको कूटनीतिक नियोगमार्फत नामावली सङ्कलन गर्ने गरी जनशक्ति र बजेट व्यवस्थापन गर्न अर्थ र परराष्ट्र मन्त्रालयसँग समन्वय गर्दै छ। उनले भने, “अर्थ र परराष्ट्र मन्त्रालयसँग अनौपचारिक छलफल भएको छ। कार्यविधि बन्दै गर्दा थप गृहकार्य गरेर दुवै मन्त्रालयसँग समन्वय गरिने छ।”

आयोगले यसप्रकारको आन्तरिक तयारी गरिरहँदा नेपाल सरकारसमक्ष सैद्धान्तिक सहमतिका लागि प्रस्तावसमेत बुझाएको छैन। आयोगका प्रवक्ता पौडेलले छिट्टै सैद्धान्तिक सहमतिका लागि सरकारसमक्ष प्रस्ताव पठाउने जानकारी दिए । आयोगले थप कार्यक्रम सञ्चालनका लागि अर्थ मन्त्रालयबाट सहमति हुने वा नहुने शङ्काका कारण तयारीलाई गति दिन सकेको छैन। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्