प्रहरी

प्रहरी

प्रहरी जवान:मनिष यादव
म प्रहरी!
हातमा लट्ठी
शरीरमा
तोकिएको सफा पहिरन
शिरमा क्याप
र पाउमा
बुठ लगाएर
कर्तव्यको छाती ढल्काउँदै
वडो सानले
ड्युटीमा उभिन्छु

मेरा लागि पर छन्
-भोक प्यासका सवाल
-थकान/आलस्यका सवाल
मैले सोच्नसम्म पर्दैन
आराम के हो?
सत्यसेवा सुरक्षणम्को
मनको शिरमा भिरेर
समाजका हर क्षेत्रमा
शान्ति
अमनचयन कायम राख्नु
मेरो कर्तव्य

मेरो क्रियाशीलता
जनताको ममा आश
म जनताको विश्वास
लापर्वाही गरेर
यस मनो सत्यको
कसम जनताको
सेवालाई स्वार्थमा
परोपकारलाई परिवारमा
उभ्याउने मेरा मित्रहरू
पुगे हुन् कतै माथि
ठुला घरमा
शक्तिको आसनमा

तर
मलाई थाहा छ
म जुन आत्मविश्वास
र सम्मानका साथ
गर्वले उभिएको छु
जेले सरापेको देश भए पनि
“म” ले मलाई नसराप्नुको
अर्थमा
न अग्ला घर उभिने हुनसक्छन्
न शक्तिका आसन उठ्नेहरू जस्तै
न बफेका स्वादमा रमाउने हुनसक्छ

त्यसैले
कर्तव्यलाई साक्षी राखेर
अनुशासनका लिगमा
स्वाभिमानका पाइतालासँगै
सान र अभिमानको
अग्लो शिर
सडकमा उभिरहेको
म त्यो प्रहरी हुँ !
जसका मनमुटुमा देश छ
हातमा जनताको सुरक्षा छ
र काँधमा
विश्वभरका नेपाल र नेपालीको
गौरव उभिएको छ

जय नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्