सरोज लम्साल
विराटनगर । नेपाल सुपर लिगको बुधबार बसेको बैठकले दोस्रो संस्करणको केहि म्याचहरू काठमाडौँ उपत्यकाबाट बाहिर विराटनगरमा खेलाउने निर्णय गरेको छ।
लिगको पहिलो चरणको खेलहरु विराटनगरको सहिद रंगशालामा एक हप्तासम्म आयोजना गरिने नेपाल सुपर लिगको कार्यकारी निर्देशक श्रेयांश कार्कीले जानकारी दिए ।
लिगको पहिलो संस्करणको सम्पूर्ण खेलहरु काठमाडौँको दशरथ रंगशालामा भएको थियो। उक्त लिगमा विराटनगरको विराटनगर सिटि एफ सी क्लब पनि सहभागी हुनेछ । विराटनगर सिटीएफसीले २०७९को चैत्रमा विराटनगरमा सम्पन्न विराट गोल्ड कप २०७९ जित्न सफल भएको थियो।
नेपाल सुपर लिगको दोस्रो संस्करण मंसिर ९ गतेबाट सुरु हुँदैछ ।