उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका-२ मदन भण्डारी राजमार्ग स्थितमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार बेलुका ८ बजे गाईघाटबाट कटारी तर्फ जादै गरेको प्र. २-०१-००३ प ९१११ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकलमा पछाडी सवार सर्लाहीका ४५ बर्षीय रमेश सुबेदीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुर गाईघाटमा मृत्यु भएको हो ।

घटनामा संलग्न मोटरसाईकल चालक सप्तरीका ४५ बर्षीय उपेन्द्र यादवलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ।

घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्