७०० रुपैयाँले घट्यो सुनको मूल्य

<span class='c1'>७०० रुपैयाँले घट्यो</span> <span class='c2'>सुनको मूल्य</span>

काठमाडौँ । सुनको मूल्य आज ७०० रुपैयाँले घटेको छ ।

विहिबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३०० र तेजाबी सुनको मूल्य १ लाख १० हजार ७५० रुपैयाँ कायम छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम थियो ।

आज पनि तोलामा ७०० रुपैयाँले मूल्य घटेसँगै लगातार चौथो दिन सुनको मूल्य घटेको छ । साताको सोमबार १०० रुपैयाँ, मंगलबार ३०० रुपैयाँ र बुधबार १०० रुपैयाँले मूल्य घटेको हो ।

त्यसैगरी चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । भने आज चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ कायम छ । बुधबार चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ कायम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्