झापा । झापाको दमक नगरपालिका-१ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध ब्राउनसुगर बिक्री वितरण भई रहेको छ भन्ने विशेष सूचनाको आधारमा आज दिउँसो १२ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-३ घर भई हाल दमक-१ स्थित डेरा गरी बस्दै आएका २७ बर्षीय राजु बुढाथोकी र २८ बर्षीया सम्झना विश्वकर्मा बुढाथोकीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट १ ग्राम ब्राउनसुगर, डिजिटल तराजु थान १ र २ थान मोबाइलसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
फोटो:फाइल