नेपाल क्रिकेट संघ मोरङको अध्यक्षमा मोहम्मद साद चयन

<span class='c1'>नेपाल क्रिकेट संघ मोरङको</span> <span class='c2'>अध्यक्षमा मोहम्मद साद चयन</span>

विराटनगर । नेपाल क्रिकेट संघ मोरङको अध्यक्षमा मोहम्मद साद बाबु निर्वाचित भएका छन्।

बिहीबार विराटनगरमा सम्पन्न पाँचौं अधिवेशनबाट अध्यक्षमा मोहम्मद साद निर्विरोध निर्वाचित भएका हुन्।

मोहम्मद सादसहित उपाध्यक्षमा ऋषिबच्चन यादव, सचिवमा अशोक रेग्मी र कोषाध्यक्षमा रश्मी चौलागाई सर्वसम्मत चयन भएको निर्वाचन समितिका सदस्य नवीन अर्यालले जानकारी दिए।

अध्यक्षमा निर्वाचित भएपछि मोहम्मद सादले भने, ‘विगतमा भएका राम्रा कुरालाई साथ लिएर जिल्लामा क्रिकेटलाई थप सक्रिय बनाउनेतर्फ ध्यान केन्द्रित छ। क्रिकेटका लागि आवश्यक मैदान निर्माणका लागि निकायमा पहल गर्नेछौँ।’ उनी पूर्व क्रिकेटर हुन्।

नेपाल क्रिकेट संघको केन्द्रीय अधिवेशन असोज पहिलो साता काठमाडौँमा हुँदैछ। कोशी प्रदेशका पाँच जिल्ला इलाम, झापा, सुनसरी, मोरङ र उदयपुरमा क्यानको शाखा रहेको छ। अधिवेशनका क्रममा सबै जिल्लामा सर्वसम्मत पदाधिकारी चयन भएका छन्।

रोशन कुमार बुढाथोकी,अम्बिका बुढाथोकी,रोजी राई,मनोज कुमार चौधरी,मनोज मण्डल,कुन्दन सिंह,सुनिल पौडेल,विवेक झा,प्रविन भण्डारी,राजेश पोखरेल र सर्वजित राज पाण्डे सदस्यमा चयन भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्