काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ।
गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड नाफा गरेको नेपाल विद्युत् प्राधिकरणले अब सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको हो ।
प्राधिकरणले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सेयर जारी गर्ने तयारी भइरहेको जानकारी दिए।
सर्वसाधारणमा सेयर जारी गर्नका लागि प्राधिकरणले प्रक्रिया अगाडि बढाइसकेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।