प्रतिनिधिसभा बैठक स्थगित

<span class='c1'>प्रतिनिधिसभा बैठक</span> <span class='c2'>स्थगित</span>

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विरोध गरेपछि स्थगित भएको छ ।

प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै एमालेका सांसदले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिनुभएको थियो । सांसद साहले होहल्लाको बीचमा पनि सुन तस्करी प्रकरणका विषयमा उच्चस्तरीय छानबिन समिति गठन माग गर्नुभयो ।

सांसद साह बोल्दाबोल्दै सक्तापक्षका सांसद उठेपछि सभामुख घिमिरेले केही नसुनिएको उल्लेख सांसद साहलाई बस्न आग्रह गर्नुभयो । सभामुखले नियमको पालना गर्न र सबैलाई सीटमा बस्न आग्रह गर्नुभयो । सभामुखले सबैले पालैपालो समय पाउने विषयमा ध्यानाकर्षण गराउनुभयो ।

प्रमुख प्रतिपक्षी दल एमालेको निरन्तर नाराबाजी र विरोधका कारण सदन चल्न नसकेको पछि सभामुख घिमिरले बैठक स्थगित भएको जानकारी गराउनुभयो ।

प्रतिनिधिसभाको अर्को यही साउन २९ गते सोमबार १ बजे बस्नेछ । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्