काठमाडौं । सुन तस्करी प्रकरणमा फरार रहेका व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् ।
उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज (शुक्रबार) पक्राउ परेका हुन् ।
दिल्ली हुँदै नेपाल आएका उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागलाई बुझाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्दले जानकारी दिए । उनी व्यापारी राजेश अकुडियाका छोरा हुन् ।
अडुकियाको अफिसमा यसअघि प्रहरीले छापा हानेको थियो ।