ललिता निवास प्रकरणमा छानबिनको दायरामा परेका माधवकुमार नेपाल आज स्वदेश फर्कँदै

<span class='c1'>ललिता निवास प्रकरणमा छानबिनको दायरामा परेका</span> <span class='c2'>माधवकुमार नेपाल आज स्वदेश फर्कँदै</span>

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल आज स्वदेश फर्कँदै छन् । भदौ १ गतेसम्मका लागि विदेशका कार्यक्रममा सहभागी हुन गएका अध्यक्ष नेपाल भ्रमण छोट्याएर आज स्वदेश फर्कन लागेका हुन् ।

नेपाल आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आइपुग्ने छन् । एक साताअघि युरोपमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनका लागि गएका अध्यक्ष नेपाल ललिता निवास प्रकरणमा छानबिनको दायरामा परेपछि अचानक स्वदेश फर्कने निर्णयमा पुगेका हुन् ।

पूर्व निर्धारित कार्यक्रम अनुसार गत साउन २२ गते युरोप गएपनि त्यसको एक दिन अघि सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री नेपाल र बाबुराम भट्टराईलाई पनि छानबिन गर्ने बाटो खोलिदिएको थियो । सर्वोच्च अदालतले आदेश दिएको भोलिपल्ट विदेश गए पछि धेरैले ‘फरार’ भएको भन्दै आलोचना गरेपछि अध्यक्ष नेपालले त्यसको प्रतिवाद गर्दै आएका थिए ।

युरोपबाटै उनले आफू निर्दोष भएको जनाउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)लाई अनुसन्धानमा सहयोग गर्ने जनाउँदै आएका छन् । गत साउन २१ गते अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुमाथि अनुसन्धान गर्न आदेश जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्