धरानमा फेसबुकबाट अश्लिल गाली गर्ने एक जना समातिए

<span class='c1'>धरानमा फेसबुकबाट अश्लिल गाली</span> <span class='c2'>गर्ने एक जना समातिए</span>

विराटनगर साउन २९ ,  फेसबुक लगायतका सामाजिक सञ्जालमा अश्लिल गाली गर्ने एक जनालाई प्रहरीले पक्राउ परेका छन्। प्रहरीले आइतबार राती
धरान-५ देउरालीस्थित घरबाट रमेश बान्तवा राईलाई पक्राउ गरेको हो।

बान्तवाले धरान- ७ का पर्बत राई र व्यावसायि रमेश थापाविरुद्ध अश्लिल शब्द प्रयोग गरि गाली बेइज्यत गरेकाले साइबर अपराधअन्तर्गत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राइले बताए।

धरानको  छोटी मोरङ जग्गा पीडित संघर्ष समितिले पत्रकार सम्मेलन गरेको समाचार प्रकाशित भएपछि राईले संघर्ष समितिका सदस्य पर्वत राई र व्यवसायी थापालाई अश्लिल गाली गरेपछि दुबै जनाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।

पक्राउ परेका राईविरुद्ध साइबर अपराधअन्तर्गत जाहिरी दर्ता भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्