धरानमा डेंगु संक्रमितको संख्या १० हजार भन्दा बढी

धरानमा डेंगु संक्रमितको संख्या १० हजार भन्दा बढी

विराटनगर । सुनसरीको धरानमा महामारीको रुपमा देखिएको डेंगुको संक्रमणबाट संक्रमितको संख्या १० हजारभन्दा बढी नाघेको छ ।

धरानमा आइतबारसम्म १० हजार दुई सय १८ जनामा डेंगु संक्रमण देखिएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । धरानमा परीक्षण गरिएका मध्ये ७१ प्रतिशतमा मानिसमा डेंगु संक्रमण पुष्टि भएको उनले बताए ।

हालसम्म धरानमा डेंगुका कारण ११ जनाको मृत्यु भएको छ ।

धरानमा डेंगु संक्रमितको संख्या दैनिकी बढ्दै गएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र निजी स्वास्थ्य संस्था डेंगुका बिरामीले भरिएका छन् । संक्रमितको उपचारका लागि वडा कार्यालयहरुमा पनि बिरामीलाई राख्ने गरिएको छ । सभागृह र उद्योग वाणिज्य संघमा पनि संक्रमितलाई राखेर उपचार भइरहेको मेहताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्