विराटनगर । मोरङको बेलबारी नगरपालिका-५ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
आज बिहान साढे ११ बजे घरमा जडान गरेको पंखा चलाउने क्रममा अचानक विद्युतसर्ट भई करेन्ट लाग्दा बेलबारी ५ का २५ बर्षीय प्रेम माझी घाईते भएकोमा तत्काल उपचारको लागि कोशी अस्पताल विराटनगर लागिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
फोटो:फाइल