विराटनगर । पछिल्लो समय जनताबाट निर्वाचित प्रतिनिधिहरु विकास निर्माण र समृद्धिको नाममा सालिक बनाउने होडबाजी चलेको छ ।
सडक र चौकमा निर्माण भएका कतिपय सालिकहरु विवादित बनेसँगै भत्काउने र बनाउनेको होड पनि उत्तिकै छ । अहिले लेटाङ नगरपालिका– ९ जाँतेमा निर्माण भएको जाँचोको स्तम्भले चर्चा पाएको छ ।
१७ लाखमा निर्माण भएको भनिएको सो स्तम्भका विषयमा सर्वसाधारणले जाँतो निर्माणमा त्यति धेरै खर्च हुनै नसक्ने बताएका छन् । पहिचान झल्काउने नाममा जनताले तिरेको करको दुरुपयोग भएको भन्दै उनीहरुले जनताको हितका लागि काम गर्न समेत जनप्रतिधिलाई सुझाव दिएका छन् ।
पाँच फिट गोलाई, डेढ फिट उचाई, दुई किलो फलाम रहेको र माथिल्लो भागको ढुंगा १४ इन्चको बनाइएको छ । सो स्थानको पहिचान झल्काउने उद्देश्यले नगरपालिकाले जाँतोको स्तम्भ निर्माण गरिएको भए पनि खर्च फिजुल भएको स्थानीयहरुको भनाई छ ।
यता, यस विषयमा लेटाङ नगरपालिकाका प्रमुख र वडा नम्बर ९ का
वडाध्यक्षसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।