ग्लोकल टीन हिरो नेपालअन्तर्गत ‘ग्लोकल २० अन्डर २०’ को सूची सार्वजनिक

ग्लोकल टीन हिरो नेपालअन्तर्गत ‘ग्लोकल २० अन्डर २०’ को सूची सार्वजनिक

काठमाडौं । ग्लोकल टीन हिरो नेपाल नवौं संस्करणनमा आवेदन दिने प्रतिभावान किशोर किशोरीबाट उत्कृष्ट २० घोषणा गरिएको छ।

ग्लोकल टीन हिरो किशोरकिशोरीहरूलाई समर्पित एउटा अवार्ड कार्यक्रम हो । यो किशोर किशोरीहरूलाई पहिचान गर्ने र उनीहरुको प्रभावकारी काम र युवा अग्रगामीहरूलाई प्रोत्साहन गर्ने एउटा पहल हो ।

समाजमा रहेका प्रतिभाशाली किशोर किशोरीहरूको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको छ ।

देशभरिबाट आएका ६८१ वटा आवेदनबाट मूल्याङ्कनको सम्पूर्ण प्रक्रियामार्फत २०२३ का लागि उनीहरूले उपलब्ध गराएको जानकारी, प्रभावकारी कार्य विवरणहरू र अन्तर्वार्ताको आधारमा ग्लोकल २० अन्डर २० चयन गरिएको हो ।

२० अन्डर २० किशोर किशोरीहरुले संगीतकार, विज्ञान उत्साही, सामाजिक उद्यमी, स्वास्थ्य कार्यकर्ता, विज्ञान उत्साही, बाल अधिकारकर्मी, लेखक जस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन् ।

उत्कृष्ट ६ को घोषणा अगस्ट २१ तारिक अर्थात् आगामी भदौ ४ गते हुने छ । चयन भएका युवाहरुको सम्मान ग्लोकल टिन हिरो २०२३ को सेप्टेम्बर १, २०२३ मा हुने अवार्ड महोत्सव र सम्मेलन मार्फत हुने छ ।

– आर्यन सिग्देल, १७, शिक्षक र अभियन्ता
– अतिथ अधिकारी, १७, सामाजिक उद्यमी
– अविनाश कुमार पासवान, १७, संगीतकार
– दिक्षा भारती, १८, स्वास्थ्य अभियन्ता
– दिवश सर्राफ, १७, सामाजिक अभियन्ता
– माधव खनाल, १८, लेखक
– निराजन रिमाल, १८, विज्ञान उत्साही
– प्रकाश बडु, १५, बाल अधिकारकर्मी
– प्रकाश पन्त, १७, गणित उत्साही
– प्रीति पन्थ, १८, सामाजिक अभियन्ता
– रौशन पंडित, १७, प्राविधिक उत्साही
– रिशम कुमार साह, १८, वातावरण अभियन्ता
– सदीक्षा घिमिरे, १८, स्वास्थ्य अभियन्ता
– सागर बुढा, १७, वातावरण अभियन्ता
– सागर गुप्ता, १७, एआई वैज्ञानिक/अनुसन्धानकर्ता
– समिप पौडेल, १६, प्राविधिक उत्साही
– श्रुति तिवारी, १८, वातावरण अभियन्ता
– शुभम उप्रेति, १७, कलाकार
– सुमित्रा आचार्य, १७, अभियन्ता
– सुशन श्रेष्ठ, १७, अभियन्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्