कोशी प्रदेश : विपद व्यवस्थापनमा सरकारले काम गर्नुपर्नेमा प्रदेश सांसदहरूको जोड

<span class='c1'>कोशी प्रदेश : विपद  व्यवस्थापनमा</span> <span class='c2'>सरकारले काम गर्नुपर्नेमा प्रदेश सांसदहरूको जोड</span>

विराटनगर । कोशी प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहरुले विपद व्यवस्थापनमा सरकारले काम गर्नुपर्नेमा जोड दिइन् ।
प्रदेशसभा बैठकमा शुक्रबार शुन्य समयमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।

सांसद गोम्बु शेर्पाले प्रदेशमा भएका भ्रष्टाचार र अनियमितताको छानबिन गर्ने समेत माग गरेका छन् ।
प्रदेशभाको शून्य समयमा बोल्दै उनले केन्द्रीय सरकारले भ्रष्टाचार र अनियमितताको विरुद्ध अभियान चलाएको भन्दै प्रदेशमा पनि यस्तै अभियान चलाउनु पर्ने उनको भनाइ छ ।

शेर्पाले पहिचानवादीसँग वार्ता गर्न यसअघिको सरकारले वार्ता समिति गठन गरेको भन्दै अहिलेको सरकारले वार्ता समिति बनाउन ढिलाई गरेको भन्दै ढिलाई हुनुको कारणबारे जवाफ दिन माग गरेका छन् । ‘काँग्रेसका १४ वटै जिल्ला सभापतिहरुले नामाकरणको सवालमा पुनःविचार गर्न माग गरेको र माओवादी केन्द्रले पनि प्रदेश समिति र केन्द्रको बैठकले पनि बहुपहिचानको आधारमा पुनः नामाकरण गर्नुपर्ने निर्णय गरिसकेको हुँदा सोही अनुसार वार्तासमिति बनाएर छलपल अगाडि बढाउनु पर्दछ,’ शेर्पाले भने ।
सांसद छविलाल चुँडालले प्रादेशिक अस्पताल भद्रपुरमा नयाँ भवन बनेको भएपनि बनि नसक्दै भत्किएको । बालरोग विशेषज्ञ नरहेको बताउँदै यथोचित व्यवस्थापन गर्न माग गरे । उनले कर्मचारीको अभाव पनि रहेको बताउँदै त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।
सांसद खगेनसिंह हाङ्गामले भूमिहिन र सुकुम्बासीहरु वनको जग्गामा बसिरहेको हुँदा ऐन संशोधन गरेर उनीहरुलाई जग्गा व्यवस्था गर्न माग गरे। सांसद निरादेवी खनालले प्राकृतिक प्रकोप, बाढी पहिरो, नियन्त्रणको लागि दीर्घकालिन कदम चाल्नुपर्ने, विस्थापितको व्यवस्थापन गर्नुपर्ने, सम्भावित खाद्यान्न अभावको अवस्थालाई टार्न उचित व्यवस्थापन गर्नुपर्ने माग गरिन् ।
सांसद ममता तामाङ मगरले डेंगुको नियन्त्रणमा सरकारले काम गर्नुपर्नेमा जोड दिइन् । उनले सुनसरीको क्षेत्र नम्बर १ मा डेंगु प्रभावित क्षेत्रको पहिचान गरी नियन्त्रणको अभियान चलाउने र उपारको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् ।
यस्तै उनले बराहक्षेत्रमा रहेको बाघखोलामा पुल नभएको भन्दै जनताले सास्ती भोग्नु परेको बताइन् ।
सांसद रमेशकुमार बस्नेतले पनि धरानमा डेंगु नियन्त्रण बाहिर गइसकेको भन्दै १२ हजार बढीमा डेंगु देखिएको र धरानका विद्यालय बन्द भएको, कार्यालय बन्द भएको अवस्था रहेको जानकारी दिए । उनले धरानलाई जनस्वास्थ्य आपतकालिन अवस्था घोषणा गरियोस् भनेर संघीय सरकारलाई पत्र पठाउँदा पनि तीनै तहको सरकारले वेवास्ता गरिरहेको बताए । धरानमा एकीकृत र समन्वयात्मक काम नहुँदा आपतकालीन अवस्था घोषणा गरेर काम गर्नुपर्नेमा उनले जोड दिए ।
सांसद विदुरकुमार लिङ्थेपले असार २ गतेको बाढी पहिरोमा परी वेपत्ता भएका १८ जनालाई मृतक घोषणा गर्न माग गरे । उनले बाढी पहिरोले सडकका पुल, विद्युत गृहमा ठुलो क्षति भएको, मानिसहरु विस्थापित भएको भन्दै त्यसको उचित व्यवस्थापन गर्न माग गरे ।
यस्तै संखुवासभाको खाँदबारी कारागारमा कैदी बन्दीलाई हत्या गर्नेको उचित छानबिन गरी कारबाहीको माग गरे ।
सांसद सदानन्द मण्डलले सुनसरी बराह नगरपालिका वडा नम्बर ६ र ९ को श्रीलंका टापुमा कोशी कटानले ४३ घर परिवार विचल्ली बनाएको बताए । उनले उनीहरुको पुनर्स्थापनाको लागि भारतसँग वार्ता गरेर उचित व्यवस्थापन गर्नुपर्ने माग गरे । आफ्नो क्षेत्रमा पनि ८० प्रतिशत भन्दाबढी मानिसहरु डेंगुबाट प्रभावित भएको भन्दै नियन्त्रणको पहल गर्न माग गरे । यस्तै सांसदहरु सपना दर्जी, गोपाल तामाङ र उमाकान्त गौतमले पनि शून्य समयमा कुरा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्