संसद्लाई बन्धक बनाउन मिल्दैन : सभापति लामिछाने

<span class='c1'>संसद्लाई बन्धक बनाउन मिल्दैन</span> <span class='c2'>: सभापति लामिछाने</span>

सुरुङ्गा (झापा) । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई बन्धक बनाउन नमिल्ने बताउनुभएको छ ।

झापाको बिर्तामोडमा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले राजनीतिक खिचातानीका कारण सांसद अवरुद्ध गर्न नहुने बताउनुभयो ।

“जनताका धेरै कुरा उठाउनुछ”, उहाँले भन्नुभयो, “चाँडोभन्दा चाँडो सदन खुलाउनुस् । सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर एमालेले लगातार संसद् अवरुद्ध गरिरहेको छ । अवरोधकै कारण सभामुख देवराज घिमिरेले साउन १० मा अघि सारेको कार्यसूचीमा संसद् प्रवेश गर्नै पाएको छैन ।”

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहनुभएका सभापति लामिछानेले पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको र देशमा बसेर केही गर्न सकिन्छ भन्ने विश्वास नै युवामा हराएर गएको टिप्पणी गर्नुभयो ।

सभामा पार्टीका केन्द्रीय महामन्त्री डा मुकुल ढकाल, सङ्घीय संसद्का प्रमुख सचेतक सन्तोष परियार, सांसद निशा डाँगी, केन्द्रीय सदस्य रमेश प्रसाइलगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

सभापति लामिछानेले झापामा दुई दिनमा आठ वटा सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेकोछ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्