कोशी प्रदेशका सांसद रानाले भने-प्रदेश नरहन सक्छ

कोशी प्रदेशका सांसद रानाले भने-प्रदेश नरहन सक्छ

विराटनगर । नेकपा एमालेका कोशी प्रदेशसभा सांसद राम राना मगरले प्रदेशसभा विघटनको संकेत गरेका छन् ।

प्रदेशसभामा विषेश समय लिदै प्रदेशसभाको आयु ५/७ महिना हुनसक्ने बताउदै उनले प्रदेशसभा विघटनको संकेत गर्दै यस्तो बताएका हुन् ।

‘हाम्रो आयु लामो छैन । ५/७ महिना होला । यो प्रदेशको स्थायीत्वतर्फ गम्भीर ध्यान दिन सकिएन भने हाम्रो आयु मात्रै होइन प्रदेशकै आयु लामो छैन,’ उनले भने । दलहरुले जसरी छलफल अगाडि बढाउनु पर्ने हो त्यसमा आफू हरु चुकेको बताउदै उनले आर्थिक शून्यतातिर जाने खतरा पनि त्यतिकै रहेको बताए ।

" हामी त्यसतर्फ कति छलफल गरेर वातावरण बनाउँदैछौं ? ।’ उनले प्रश्न गर्दै भने," सबै राजनीतिक दलहरुले सँगै बसेर छलफल गर्ने वातावरण नबनाए यो प्रदेशकै आयु अन्तिम आयु हुने खतरा रहेको छ।"
सरकार ढाल्ने र गिराउने मात्रै खेलमा लाग्ने हो भने जनताले गाउँमै जान नदिने परिस्थिति बन्न सक्ने समेत बताए ।

अर्को महिना कर्मचारीले तलब नपाउने अवस्था बन्न सक्ने बताउदै उनले यस्तो परिस्थिति बन्न नदिनका लागि छलफल र विश्वासको वातावरण बनाउनमा समेत जोड दिए ।

उनले धरानमा स्वास्थ्य आपतकाल घोषणा गर्ने अवस्थामा पुगेको छ कि छैन भन्ने विषयमा प्रदेश सरकारले छलफल गरेको छ कि छैन भन्दै प्रश्न गरे । ‘लम्पी स्किन रोगले हजारौं गाईवस्तु मर्यो । खोपको उचित आपूर्ति भयो । तर, लम्पीस्किन रोग लागिसकेका चौपायाले दूध तथा मासु उत्पादन पहिले जस्तो भएको छैन । पुरानै अवस्थामा फर्काउन प्रदेश सरकारले के गर्दैछ ? अबको योजना के छ ? हाम्रो आर्थिक क्षति कति भयो ? हामीले राम्रोसँग कर्तव्य निर्वाह गर्न किन सकेनौं,’ उनले भने, ‘यसकारण हामी फेल भयौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्