घाम झुल्के पछि

घाम झुल्के पछि

-मन्जु सिग्देल
हो! आज म निराश छु
मेरो चारैतिर
निस्पस्ट अँध्यारोले घेरेको छ
तर पनि
म आशामा
बाँचेको छु

सायद कुनै दिन
मेरो जीवनमा
घाम झुल्किनेछ
त्यति बेला
तिमीले मलाई
सायद देख्नेछौ
तब सम्म
घाँम डाडापारी
पुगि सकेको हुनेछ
मेरो आफ्नै संसारमा,

म गौरवान्वित छु
साथ मा साथ पाउने आशा छ
मृत्यु बिन्दु भन्दा पर
समग्र जीवन जीउने आशा छ!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्