सरकारद्वारा साना व्यवसायीलाई भ्याट बुझाउने समयमा छुट

सरकारद्वारा साना व्यवसायीलाई भ्याट बुझाउने समयमा छुट

सरकारले साना व्यवसायीलाई भ्याट बुझाउने समयमा छुट दिएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार अब वार्षिक १ करोड भन्दा थोरै मूल्यको कारोबार गर्ने मूल्य अभिवृद्धि कर लाग्ने कारोबार गर्ने करदाताले चौमासिक रुपमा विवरण बुझाए हुने भएको छ । १ करोड भन्दा माथिको कारोबार गर्ने मूल्य अभिवृद्धि कर संकलन गर्ने व्यवसायीले भने मासिक रुपमा विवरण बुझाउनु पर्ने भएको छ । यसअघि उनीहरुले पनि चौमासिक रुपमा बुझाउन सकिने व्यवस्था थियो ।

आन्तरिक राजस्व विभागका अनुसार इँटा उद्योग, होटेल, पर्यटन तथा चलचित्र घरको हकमा साउनबाट यो प्रावधान लागु भएको हो । सोहीकारण अब एक करोड रुपैयाँ भन्दा बढीको कारोबार भएका करदाताले अब मासिक रुपमा विवरण कर कार्यालयमा बुझाउनु पर्ने भएको छ ।

साना करदातालाई भने लागत र समय घटाई सुविधा दिन अब चार÷चार महिनामा विवरण पेश गर्न सकिने सुविधा सरकारले दिएको छ । यसअघि मासिक रुपमा कर विवरण बुझाउँदै आएका करदातादाले अब २५ मंसिर, २५ चैत र २५ साउन भित्र विवरण पेश गरे पुग्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्