-अच्युत आचार्य
नसक्नेको चुरीफुरी जताततै आको किन
जनतालाई रुवाउने राष्ट्र हाँक्न गाको किन।१।।
आफ्नो क्षमता कत्ति भन्ने छैन ज्ञान रतिभर
दिनदिनै जनतालाई झुक्याउदै गाको किन।।२।।
गाउँ अनि समाजलाई बदल्नु छ भन्ने तिमी
दुवै थोक गुमाउदै झुट बोल्दै गाको किन ।।३।।
मै हुँ धामी बोक्सी भन्दै मैमत्ता हुन्छौँ थिमी
एजेण्डा विहीन बनी सभामा गाको किन।।४।।
अच्युतै च्यूत काम गरी आलोचित हुन्छौ तिमी
अच्युत बनी काम गर्न नसक्ने भा गाको किन।।५ ।।