प्रश्न

प्रश्न

-अस्मिता साह
तिम्रो प्रवृत्ति नबुझ्ने म
तिमीलाई कसरी बुझ्थे र?

एकैछिनमा सबैभन्दा बढी मिल्ने साथी
अनि फेरी एकैछिनमा कहिले भेट नै नभएको व्यक्ति भइदिन्थे म
बुझ्न निकै गाह्रो हुन्थ्यो तिम्रो यो व्यवहारलाई हेर्दा
म तिम्रो को हुँ? तिमी मेरो को हो?यो प्रश्नलाई सोच्दा
मित्र कि वैरि हुँ भन्ने उत्तरलाई केलाउँदा
मित्र भनुम् त कसरी, एक्कासी तिमीले अन्जान व्यक्ति जस्तो व्यवहार गर्दा

भने वैरि पनि भनुम् कसरी, अन्जान व्यक्ति जस्तो गर्दा पनि तिम्रो आँखाले मलाई नै खोज्दा
अचम्मको व्यवहार रहन्थ्यो तिम्रो, जहिले नि म प्रति
तिमी झैँ अरुसँग बोल्दा,किन रिस पोख्न थाल्थ्यो अरु प्रति?
भनुम् भने यसलाई तिम्रो ईर्ष्याको भाव त भनुम् कसरी?

जबकि तिम्रो व्यवहारमा परिवर्तन आइराख्थ्यो हर एक घडी
तिम्रो यो व्यवहार परिवर्तन को खेल हेर्दा,
म तिमीलाई बुझ्नु त बुझ्नु कसरी??

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्