गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-किस्मत खतिवडा
तिम्रो मन, मेरो जीवन उस्तै लाग्छ
बर्षे झरी, रुझेका नयन उस्तै लाग्छ

जति पीडामा पनि नपग्लिने, नसम्झिने
यो पत्थर अनि त्यो धड्कन उस्तै लाग्छ

एउटाले तन रेट्छ, मन रेट्छ अर्कोले
हतियार उस्तै लाग्छ वचन उस्तै लाग्छ

प्रगति हुँदा दुबै भित्र-भित्रै डाहा गर्छन्
मलाई आफन्त मेरा दुश्मन उस्तै लाग्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्