विराटनगरको मेरिल्याण्ड कलेजले कक्षा १२ को परिक्षामा उत्कृष्ट नतिजा ल्याएको दाबी

विराटनगरको मेरिल्याण्ड कलेजले कक्षा १२ को परिक्षामा उत्कृष्ट नतिजा ल्याएको दाबी

विराटनगर । विराटनगर-७ मा रहेको मेरिल्याण्ड कलेजले कक्षा १२ को बोर्ड परिक्षामा उत्कृष्ट नतिजा ल्याएको दाबी गरेको छ ।

राष्ट्रिय परिक्षा बोर्डद्वारा २०८० साल वैशाखमा लिएको कक्षा १२ को बोर्ड परिक्षामा अन्य वर्षहरूझै यस बर्ष पनि उत्कृष्ट नतिजा ल्याएको कलेजले जनाएको छ।

व्यवस्थापन (म्यानेजमेन्ट) मात्र पढाइ हुने कलेजमा यस बर्ष परिक्षामा सम्मिलित विद्यार्थीहरु मध्ये ५६ जना (ए प्लस) तीन सय २१ जना (ए) दुई सय ३२ जना (बी प्लस) र एक सय ८७ जना (बी) गरी जम्मा ९५.३७ प्रतिशत विद्यार्थीहरु उत्तिर्ण भएको कलेज प्रशाशनले जनाएको छ ।

राष्ट्रिय परिक्षा बोर्डले लिएको कक्षा १२ को परिक्षामा जम्मा देशभरिमै ५१ प्रतिशत विद्यार्थी मात्र उतिर्ण भएका थिए । काठमाडौँ उपत्यका बाहिर सम्भवत मेरिल्याण्डको रिजल्ट मात्रै उत्कृष्ट आएको मेरिल्याण्डका प्रिन्सीपल लक्ष्मण ढकाल दाबी गरेका छन्।

यो परिणाम विद्यार्थीको मेहनत, शिक्षक को लगनशीलता, अभिभावको आफ्नो छोरा छोरी प्रतिको चासो र व्यवस्थापनको अथक मेहनतबाट संभव भएको कलेजका अध्यक्ष गुणराज ढुंगेल बताउछन् ।

खोटाङबाट मेरिल्याण्ड पढन आएका प्रजुल आचार्य ३. ६७ जीपीए ए+ ल्याएकोमा निकै खुशी हुदै भन्छन “म खोटांगको एउटा सानो गाउँबाट विराटनगर पढ्न आएकोमा मेरिल्याण्डले मेरो गुणस्तर एकदमै माथि उठाउन गरेको योगदान प्रति जिन्दगीभर मेरिल्याण्ड प्रति आभारी हुने बताउछन । उनी भन्छन अब म संसारको कुनै पनि कुनामा गएर आफ्नो बाँकी अध्ययन र रोजगारी पाउन सक्षम छु त्यो मलाई मेरिल्याण्डले बनाएको हो । यहाँ सरहरूले पढाउने मात्र नभई दैनिक नैतिक शिक्षा पनि दिनुहुन्छ त्यसैले हामी विद्यार्थीलाई जिवन भोगाइमा ठुलो परिवर्तन ल्याएको छ ।"

त्यस्तै राष्ट्रिय वाणिज्य बैक रानी शाखा विराटनगरमा कार्यरत अभिभावक लिना यादवले आफ्नो छोरी दिक्षा यादवले छात्रा मध्येबाट सर्वाधिक ३.७९ जी.पी.ए. ल्याउन सफल भएकोमा आफु धेरै खुशी भएको बताईन । मेरिल्याण्ड कलेजका छात्रा दिया अग्रवालले गत बर्ष ३.९६ जीपीए ल्याई नेपाल प्रथम हुन सफल भएकी थिइन । मेरिल्याण्डको प्लस टुको अलावा बिबिएस तहमा पनि उत्कृष्ट रिजल्ट ल्याउदै आएको छ । किन्जल पोख्रेल, सिम्रन अग्रवाल, रोहीत कार्की आदि मेरिल्याण्डका उत्कृष्ट रिजल्ट ल्याउने नेपाल टपर विद्यार्थीहरु रहेको कलेजले जनाएको छ।

मेरिल्याण्डको राम्रो रिजल्ट आउनुमा विद्यार्थीहरुलाई वर्षभरिनै नि:शुल्क कोचिंगको व्यवस्था, क्लोज सुपरभीजन, वार्षिक शैक्षिक क्यालेण्डर, स्टुडेन्ट फ्रेन्डली कक्षाकोठा आदि रहेको कलेजका डाईरेक्टर तथा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोख्रेल बताउछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्