कोशी प्रदेशसभामा ‘हुन्छ-हुन्न’ भन्ने एक दिन अगाडि सांसदले मागे घर विदा

<span class='c1'>कोशी प्रदेशसभामा ‘हुन्छ-हुन्न’ भन्ने एक दिन</span> <span class='c2'>अगाडि सांसदले मागे घर विदा</span>

सुजता लिम्बू
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिनको पूर्वसन्ध्यामा छन् । तर, विपक्षी दल अर्थात एमालेका सांसदहरु भने घरायसी समस्या परेको भन्दै सदनमा उपस्थिति नजनाउने भएका छन् । एमालेका ६ सांसदको घरायसी समस्यामा परेका छन् भने राप्रपाका दुई सांसद अम्बर बहादुर विष्ट र गोपाल बहादुर विश्वकर्मा पनि घरायसी समस्यामा परेका कारण सोमबार तय भएको प्रदेशसभा बैठकमा अनुपस्थित हुने भएका छन् ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिन प्रदेशसभाको बैठक सोमबारका लागि आव्हान गरिएको छ । तर बैठकमा प्रदेशसभामा जेष्ठ सदस्य रहेका ६ जना सांसदहरु घरायसी समस्या देखाएर अनुपस्थिति हुने भएपछि मुख्यन्त्री थापाले विश्वासको मत पाउन सकस देखिएको छ ।

यता, एमालेको तर्फबाट निर्वाचित भएकी सिर्जना दनुवार प्रदेशसभा बैठकमा अनुपस्थित हुने चर्चा चुलिरहेको अवस्थामा यदि उनी अनुपस्थित भए सदन सञ्चालन गर्ने बैठकको अध्यक्षता जेष्ठ सदस्यले सञ्चालन गर्नुपर्ने संवैधानिक नियम छ । तर, एमाले र राप्रपाको जेष्ठ सदस्य अनुपस्थित भए सत्ता गठबन्धनको तर्फबाट प्रदेशसभाको अध्यक्षता गर्नुपर्ने परिस्थिति सिर्जना हुन्छ । सत्ता गठबन्धनबाट सभाको अध्यक्षता गर्नुपर्ने अवस्था आइपरे मुख्यमन्त्री थापाले विश्वासको मत पाउने अवस्था छैन ।

यसरी विदामा बसेका राप्रपाका अम्बर बहादुर विष्ट, राप्रपाकै अर्का सांसद गोपाल बहादुर विश्वकर्मा यस्तै एमालेका सांसदहरुमा रोहिद बहादुर कार्की, मालतीकुमारी लिम्बू, राम प्रसाद महतो, तारादेवि ढकाल, खड्गबहादुर बस्नेत, ज्ञानेन्द्र सुवेदी रहेका छन् । एमालेका सांसद इश्वरचन्द्र दुलाल विदा लिएर अमेरिका गएका छन् ।

सत्ता गठबन्धनलाई संकट

कोशी प्रदेशसभा यतिबेला सभामुख विहिन छन् । मुख्यमन्त्री थापा नेतृत्वका सरकारलाई बहुमत पुर्‍याउन सभामुख पदबाट राजिनामा दिएका बाबुराम गौतम प्रदेश सरकारकै आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन् । अहिले उपभामुख दनुवारको नेतृत्वमा अहिले प्रदेशसभा सञ्चालन भइरहेको छ । तर, भोली अर्थात सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिने दिन प्रदेशसभामा सभामुख र उपसभामुख नहुँदा जेष्ठ सदस्यले बैठक सञ्चालन गर्नुपर्ने हुन्छ । तर, उपसभामुखले राजीनामा नदिएको अवस्थामा भने अध्यक्ष मण्डलमा रहेका सदस्यहरुले बैठक सञ्चालन गर्ने व्यवस्था प्रदेशसभा नियमावलीमा छ । नियमावली अनुसार उपसभामुख पनि अनुपस्थित भएको अवस्थामा अध्यक्ष मण्डलमा बाँकी रहेका सदस्य इस्राइल मन्सुरी र गीता तिम्सिना रहेका छन् । उनीहरु सत्ता गठबन्धनका सांसद हुन् । राप्रपाका विष्ट र एमालेकी लिम्बू पनि अध्यक्ष मण्डलमा थिए । दुवै जना विदामा बसेका छन् ।

तर, एमालेका जेष्ठ सदस्यले बैठकमा अनुपस्थित हुने सूचना दिएकोले उपसभामुख सिर्जना दनुवार पनि आउने सम्भावना कम देखिएको छ । उनी पनि नआएको खण्डमा वा राजीनामा दिएको खण्डमा भने जेष्ठ सदस्यको १३ औं नम्बरमा रहेका काँग्रेसका अमृत अर्यालले प्रदेशसभाको अध्यक्षता गर्नुपर्ने भएको छ । अर्यालले अध्यक्षता गर्नुपर्ने अवस्था आइपरे मुख्यमन्त्री थापाले विश्वासको मत पाउने अवस्था देखिदैन ।

हामी विश्वसको मत दिँदैनौ : राप्रपा

राप्रपाका सांसद अम्बर बहादुर विष्टले ६ जना सांसदलाई बैठकमा अनुपस्थित नहुनु भनेर पार्टीले कुनै निर्देशन नदिएको बताए । उनले केही सांसद उपस्थित भएपनि अहिलेको सरकारलाई विश्वासको मत नदिने दाबी गरे ।

‘हामीलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बैठकमा उपस्थित नहुनु भनेर निर्देशन दिनुभएको छैन, केही सांसदहरु उपस्थित हुनुहुन्छ होला,’ उनले भने,‘म चाहीँ हुँदिन स्वास्थ्य पनि छैन केही सांसद उपस्थित भएपनि अहिलेको सांसदलाई हामी विश्वासको मत दिँदैनौ ।
राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला भने भारतको दिल्लीमा छन् ।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विश्वासको मत लिने दिनको टुङ्गो लागेसँगै कोशी प्रदेशमा बहुमत जुटाउन सत्ता गठबन्धन दलका नेताहरूले चलखेल सुरु गरेको थिए । त्यसो त १० करोडको अफर आएको भन्दै राप्रपा अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत सार्वजनिक समेत गरेका थिए । तर, सत्ता गठबन्धन दल नेपाली काँग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईले अफवाह मात्रै रहेको दाबी गरे । उनले सत्ता गठबन्धन दलसँग बहुमत रहेको दाबी गर्दै त्यस्तो असंसदीय गतिविधि क्रियाकलापमा आफूहरु नलागेको बताए ।
’यो सबै अफवाह मात्रै हो , हामीसँग बहुमत छ, उनले भने,‘ हामीले असंसदीय गतिविधि क्रियाकलापमा लागेको छैनौँ ।’

प्रदेशसभामा यस्तो छ अंकगणित

प्रदेशसभामा ९३ सांसदमा एमालेको ४०, काँग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद छन् । मुख्यमन्त्रीलाई विश्वासको मत पाउन गठबन्धनसँग बहुमत सांसद (४७) छन् । तर, उपभामुखले बैठक सञ्चालन नगरेको अवस्थामा र राप्रपा पनि बैठकमा अनुपस्थित हुँदा सत्तारुढ गठबन्धनलाई बहुमत जुटाउन समस्या हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्