कोशी प्रदेशका मुख्यमन्त्री थापाले आजै विश्वासकाे मत लिने

<span class='c1'>कोशी प्रदेशका मुख्यमन्त्री थापाले</span> <span class='c2'>आजै विश्वासकाे मत लिने</span>

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने गठबन्धन दलकाे बैठकले निर्णय गरेकाे हो ।

प्रदेशसभाकाे बैठक बाेलाएर उपसभामुख सृजना दनुवार काठमाडौं गएपछि बैठक बस्ने नबस्ने अनिश्चित थियाे । गठबन्धन दलकाे बैठकले आजै विश्वासको मत लिने निर्णय गरेकाे नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाेले बताए ।

उपसभामुख दनुवारले अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीलाई जिम्मेवारी दिएर काठमाडौं गएकी थिइन् । गठबन्धन दलका सांसदले बैठककाे अध्यक्षता गरे मुख्यमन्त्रीले विश्वासको मत पाउदैनन् । उपसभामुखले बाेलाएकाे बैठक स्थगित गर्ने अधिकार नभएका कारण आजै विश्वासको मत लिने निर्णय भएको आङ्बाेले बताए ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । गठबन्धन दलसँग ४७ मत नै छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्