विराटनगर । सप्तकोशी नदीमा नुहाउने क्रममा भारतीय एक नागरिकको डुवेर मृत्यु भएको छ ।
सुनसरी र सप्तरीको सीमामा पर्ने कोसी गाउँपालीका वडा नम्बर ८ कोसी ब्यारेज स्थित सप्तकोशी नदीमा नुहाउने क्रममा ती युवा वेपत्ता भएका थिए । आज बिहान ७ बजे भारत बिहार राज्य सुपौल जिल्लाको वैजनाथपुर ३ बस्ने १८ वर्षका अमरकुमार मेहताको जल चढाउनको लागि सप्तकोशीमा पसेका थिए ।
वेपत्ता भएका मेहतालाई स्थानीयवासी, नेपाल प्रहरी,सशस्त्र प्रहरीसहित गोताखोर टोलि ३ घण्टापछी शव फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए ।
मेहताको शव अहिले जिल्ला अस्पताल ईनरुवामा पोस्टमार्टमका लागि लागिएको सुनसरी प्रहरीले जनाएको छ ।
तस्बिर सौजन्य :देवराजा यादव