मन्त्री लिम्बूले दिइन मुख्यमन्त्री थापालाई विश्वासको मत

मन्त्री लिम्बूले दिइन मुख्यमन्त्री थापालाई विश्वासको मत

विराटनगर । जनता समाजवादी नेपालका संसदीय दलका नेता एवम् स्वास्थ्यमन्त्री निर्मला लिम्बूले मुख्यमन्त्री थापालाई विश्वासको मत दिने भएकी छिन् ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिने माथिको छलफलमा बोल्दै उनले मुख्यमन्त्री थापालाई विश्वासको मत दिने भएकी हुन् ।

संघीयतालाई संस्थागत गर्नका लागि प्रदेश सरकारको नामकरणको वार्ता र संवादद्धारा समाधान गर्ने प्रतिवद्धताको आधारमा आफूले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको बताइन् ।

उनले भनिन्,‘पार्टीको निर्णय पनि याही हो, द्धन्द्धमा धकेल्नुभन्दा पनि शान्तिपूर्ण बनाउन प्रतिपक्ष र पक्ष दुवै जिम्मेवार भएर संवेदनशिलताको साथ निर्णय लिनुपर्छ । ’

पहिचानको आन्दोलनलाई न्याय र सम्मानका साथ जोडेर लग्नुपर्ने सबै दललाई उनले आग्रह समेत गरिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्