उपसभामुखको बिरामीको बारे मेडिकल रिर्पोटले स्पष्ट पार्नेछ : पूर्वमुख्यमन्त्री राजेन्द्र राई

उपसभामुखको बिरामीको बारे मेडिकल रिर्पोटले स्पष्ट पार्नेछ : पूर्वमुख्यमन्त्री राजेन्द्र राई

विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले उपसभामुख सिर्जना दनुवारले शंकास्पद भूमिका खेलको बताएका छन् ।

मुख्यमन्त्री उद्धब थापाले विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव माथिको छफलमा बोल्दै राईले यस्तो बताएका हुन् ।

मुख्यमन्त्रीले माग गरेको समयलाई क्रस गरेर अर्को दिन विश्वासको मतको लागि समय तोक्ने काम उपसभामुखले संघ र प्रदेशभर नै पहिलो पटक गर्नु सामान्य कुरा नभएको बताए ।

उनले संसारको कुनै पनि संसदीय अभ्यासमा नभएको कुरा गर्नुमा के उद्देश्य थियो भन्ने प्रश्न समेत गरे । उपसभामुखले सभाध्यक्ष गर्न नसकेको अवस्थामा जेष्ठ सदस्यले अध्यक्षता गर्नुपर्नेमा कार्यालय समय समय सकिँदा पनि अघिल्लो दिन ९ जनाले विदाको चिठी लेखेको उनले बताए । यो विदाको नाटक मञ्चन गरेर मुख्यमन्त्रीलाई विश्वासको मत लिन नदिन असुविधा बनाउने मनसाय रहेको उनको भनाई थियो ।

सरकार बनाउने कुरा बलजफ्ती र जालसाजी नभएको बताउँदै उनले यो सांसदको संख्याले निर्धारण गर्ने कुरा भएको बताए । उनले निर्वाचित उपसभामुखको बिरामीको बारे मेडिकल रिर्पोटले स्पष्ट पार्ने बताए ।

‘निर्वाचित उपसभामुख ज्युका दु:ख विमारको बारेमा भोलि मेडिकल रिपोर्ट अस्पतालले त्यसको बारेमा स्पष्ट पार्ला तर केही शंकास्पद गतिविधि कार्यहरु उपसभामुखबाट भएकोले यो बिरामी बाहानाबाजी नाटक तोइन ?,’ उनले प्रश्न गर्दै भने,‘ शंका गर्न सकिन्छ प्रश्न उठाउन सकिन्छ । खासगरी मुख्यमन्त्रीले विश्वसको मत लिने भने प्रक्रियामा उहाँको अनुकुलतामा जहिले चाहानुुहन्छ त्यतिबेलासभामुखले वा उपसभामुखले व्यवस्था गर्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्