विश्वासको मत लिने वातावरणमा एमालेले भाँजो हाल्यो : नेता आङ्बो

विश्वासको मत लिने वातावरणमा एमालेले भाँजो हाल्यो : नेता आङ्बो

विराटनगर । कोशी प्रदेशसभा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले विश्वासको मत लिने वातावरणमा एमालेले भाँजो हालेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उनले एमालेले संसद विघटन गरेजस्तो आफ्नो गठबन्धनले नगर्ने तर विश्वासको मत लिने वातावरणमा एमालेले भाँजो हालेको भन्दै आक्रोश व्यक्त गरेका हुन ।
संसदभित्रबाट बकाइदा विश्वासको मत लिने र संसद विघटन गर्न नखोजिएको बताउदै उनले सांसदहरुलाई रातारात बिरामी बनाएर किन दुःख दिएको ? भन्दै प्रश्न गरे ।

‘आफू नेतृत्वमा हुँदा सहमतीय सरकार चाहिने । अरुको नेतृत्वमा बहुमत हुने बेलामा गंगालाल अस्पतालमा लगेर सांसदलाई सुताइदिने ? उनले प्रश्न गर्दै भने",यो विचित्रको प्रदर्शन प्रदेशसभामा किन गरिरहेका छौं ।’"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्